
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बङ्गालको खाडीमा विकसित पानी पार्ने प्रणाली थप बलियो बन्दै
- कांग्रेसको वरिष्ठ उपसभापति अब नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने
- एनपीएलको पुरस्कार राशि घोषणा, विजेताले १ करोड ५० लाख पाउने
- ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्योः स्वास्थ्यमन्त्री मेहता
- मिथिलामा कोजाग्रत पूर्णिमाको उल्लास
- जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
- सरकारले चार वटा हिमतालको सतह घटाउने
- एनपीएलमा एक्सटेपको निरन्तर साथ, पुनः बन्यो अफिसियल एपेरल पार्टनर
- लेकसाइडको क्याम्पिङ चौरमा भोलिदेखि क्रिकेटको रौनक
- पोखराको मालेपाटन ग्राउन्डमा एनपीएलका सबै खेल निःशुल्क प्रत्यक्ष प्रसारण हुने
रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित
काठमाडौँ,
फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो ।

जितसँगै पोर्चुगल समूह ‘के’को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अङ्क तालिकाको अन्तिममा छ ।
विश्वकप प्रतियोगिताअन्तर्गत आज १ः४५ बजे इङ्ल्याण्ड र घानाबीच भिडन्त हुँदैछ भने बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।