सुचना, समाचार र मनोरन्जन

रोशन राईको शब्द ,संगीतमा हसन र अनुले गरे ‘यो मनको चाहना ‘

काठमाडौं :  हसन राई र अनु चौधरीको युगल स्वरमा ‘यो मनको चाहना ‘ गीतको भिडियो सार्वजनिक भएको छ। रोशन राई ‘पालुवास्टार’ को शब्द र संगीत तथा फडिन्द्र राइको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।  हसन राई र बेदना राईको अभिनय रहेको छ। राजेश पुमा राइको निर्देशनमा  बनेको भिडियोमा उत्तम हुमागाईको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

भिडियोलाई (Lungto Creation )को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा मनको चाहनालाई बुझाउने क्रममा व्यक्त गरिएका भावनालाई सरल रुपमा प्रस्तुत गरिएको छ । गायक हसनले गायन जतिकै अभिनयमा पनि उतिकै अब्बलता देखाएका छन्। गायक हसन राई र रोशन राई ‘पालुवास्टार’को सहकार्यमा यस अघि धेरै सुमुधुर गीतहरु सार्वजनिक भैसकेका छन्  ।

Leave A Reply

Your email address will not be published.