सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पल शाहकी बैनी रोशनीलाई फिल्म खेल्ने चाहाना : भन्छिन्,‘असम्भव भन्ने कुरा केहि छैन’

काठमाडौं :

अभिनेता पल शाहकी बैनी रोशनी राज्य लक्ष्मी शाहले फिल्म खेल्ने इच्छा देखाएकी छन्। हिमालय रोडिज सिजन ५ को टप ८ बाट बाहिरिएपछि आफ्ना अनुभव सुनाउँदै उनले फिल्म खेल्ने चाहाना रहेको बताएकी हुन्।

उनले दाजुको नामबाट भन्दा पनि आफ्नो पहिचानबाट आफु अगाडी आउन लागेको जानकारी दिएकी छन्।

Exchange and test

‘यति मेहनत गरेर यो ठाउँमा आइपुगे,दादा (पल शाह)को यति १५ वर्षको मेहनतलाई म १५ मिनेटमा लिन त मिल्दैन नि त हैन?,’उनले खुशी हुँदै भनिन्,‘दादाले बैनी तिमी अगाडी बढ्नु छ भने आफ्नो तरिकाले आफ्नो साइडबाट काम गर्नुपर्छ । त्यहाँ मेरो बैनी आउँदैछ है भन्नु र तिमी आफैले गर्नुमा त्यो धेरै फरक पर्छ भन्ने कुरामा जुन मेरो दादाको इच्छा थियो। त्यसैलाई पुरा गर्न रोडिजमा आएको हुँ।’

रोडिजमा आइसकेपछि अब के गर्ने बिचार छ त भन्ने पत्रकारको प्रश्नमा उनले आफुले यति गर्छु नभएको जवार्फ फर्काइन्। फेरि पत्रकारले तपाईलाई फिल्मतिरको अपेक्षा गर्दा हुन्छ कि हुँदैन भन्ने प्रश्न गरे। उनले जवाफमा उनले असम्भव भन्ने कुरा केहि नभएको बताईन्।

‘असम्भव भन्ने कुरा केहि छैन,’उनले भनिन्,‘अहिले नै हो भनिहाल्न सकिदैन।’

Leave A Reply

Your email address will not be published.