सुचना, समाचार र मनोरन्जन

फिल्म ‘१२ गाउँ’को घोषणासँगै विराजको चार वर्षपछि नेपाली फिल्ममा आगमन

काठमाडौं :

फिल्म ‘साङ्लो’ रिलिजको ४ वर्षपछि ‘एक्सन स्टार’ विराज भट्टले नयाँ फिल्मको घोषणा गरेका छन्। बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्टर सार्वजनिक गर्दै फिल्म ‘१२ गाउँ’को घोषणा गरेका हुन्। फिल्मलाई विराज भट्ट आफैले निर्देशन गर्ने छन्। फिल्म एक्सन–थ्रिलर कथामा बन्नेछ बताइएको छ।

Chaka Panja

यस अघि विराजले फिल्म ‘साङ्लो’ निर्देशन गरेका थिए। भोजपुरी फिल्ममा समेत व्यस्त रहेका उनले फिल्म ‘साङ्लो २’ निर्माणको संकेत गरेका थिए । तर, उनले त्यो फिल्म बनाउन सकेनन्। बरु उनले त्यो फिल्मको सट्टा अब उनले ‘१२ गाउँ’ बनाउन लागेका छन् ।

विराज भट्ट फिल्म प्रडक्सनको ब्यानरमा फिल्म निर्माण हुने फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहेको छ छ। यो फिल्ममा पनि मुख्य भुमिकामा विराज नै देखिनेछन् । बाँकी कलाकार र प्राविधिक भने केही दिनमा टुंगो लाग्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.