सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीले गराए स्वास्थ्यमन्त्रीलाई सचेत

काठमाडौँ,

प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत बनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Chaka Panja

रास्वपा सभापति रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई पदमुक्त गर्न र स्वास्थ्यमन्त्री मेहतालाई सचेत बनाउन सिफारिस गरेका थिए ।

सभापति लामिछानेले पठाएको पत्रमा लेखिएको थियो, ‘पार्टी विधानको धारा २५ ९४० ९क० ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु ।’

लामिछानेको त्यही सिफारिस बमोजिम प्रधानमन्त्री शाहले स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराएका हुन् । मन्त्री मेहता चैत १३ गते मन्त्रीमा नियुक्त भई पदभार ग्रहण गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.