सुचना, समाचार र मनोरन्जन

न्याय सेवाका ३ सहसचिवलाई सचिवमा बढुवा सिफारिस

काठमाडौं,

न्याय सेवा आयोगले नेपाल न्याय सेवाका तीन जना सहसचिवलाई सचिव (राजपत्राङ्कित विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

आयोगको मंगलबार बिहान बसेको बैठकले ३ सहसचिवलाई सचिवमा बढुवा सिफारिस गरेको न्याय सेवा आयोगकी प्रवक्ता रामप्यारी सुनुवारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Protin

आयोगको निर्णयानुसार बढुवा सिफारिसमा पर्नेहरूमा सर्वोच्च अदालतका सह–रजिस्ट्रारद्वय ठगीन्द्र कट्टेल र बाबुराम दाहाल छन् । उनीहरू दुवैजनालाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

त्यस्तै, न्याय परिषद्का कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई न्याय परिषद्को सचिव पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

आयोगले उनीहरूको बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.