
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो रामबाबु गुरुङलाई ?
- ‘सारथी’को टिजरमा गिरिको रहस्यमय यात्रा, निरुतालाई ‘आमा’ सम्बोधन गरेपछि बढ्यो कौतूहल
- हास्य, रहस्य र जीवनको महत्त्वपूर्ण सन्देश बोकेको नेपाली वेब सिरिज ‘तथास्तु’
- ‘कंगाल करोडपति’पछि राजु श्रेष्ठको निर्देशनमा बन्ने भयो फिल्म ‘नौ डाँडा काटेर’
- विपना, वर्षा र महेशको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु
- पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिच्दै थालियो ‘ऊनको स्वीटर’को सिक्वेल
- दसैँको अवधिमा लुम्बिनीमा बढे पर्यटक
- शिक्षाले व्यक्ति र समाज दुवैका लागि उपयोगी नागरिक बनाउनुपर्छः ओली
- एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
- साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा
सदनमा देखिने छन् अधिकांश नयाँ विधायक
काठमाडौँ,
प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने सदस्यहरु अधिकांश नयाँ अनुहार रहेका छन् ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अधिकांश सांसद नयाँ अनुहार छन् भने सीमित दलका सदस्य मात्रै दुई वा दुईपटक बढी निर्वाचित हुनु हुने सांसद भएका छन् ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी, ९नेकपा० र श्रम संस्कृति पार्टीका नेतृत्वबाहेक निर्वाचनमा सहभागी अन्य दलका शीर्ष नेतृत्वलाई सदनमा देखिने छैनन् ।
निर्वाचनमा १८२ सदस्य विजयी भएको रास्वपामा यस पटक १४ जना सांसदहरु दोहोरिनुभएको छ ।

पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्ले यसअघि पनि सदनमा हुनुहुन्थ्यो । यसैगरी, दोहोरिने सांसदहरुमा इन्दिरा राना मगर, डा अमरेशकुमार सिंह, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, हरि ढकाल, अशोककुमार चौधरी, विराजभक्त श्रेष्ठ, निशा डाँगी, मनिष झा र डा तोसिमा कार्की हुनुहुुन्छ । उहाँहरु प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुहुन्छ ।
यस निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका ३८ जना सांसदमध्ये आठ सदस्य दोहोरिनुभएको हो । सांसदहरु अजुर्ननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का, जनक गिरी, चन्द्रमोहन यादव, टेकबहादुर गुरु, योगेश गौचन थकाली, चन्द्रमोहन यादव र अभिशेकप्रताप साह यसअघि पनि सांसद हुनुहुन्थ्यो ।
नेकपा ९एमाले०का २५ जना निर्वाचित सांसदमध्ये रामबहादुर थापा बादल, पद्मा अर्याल, यज्ञबहादुर बोगटी, गणेशसिंह ठगुन्ना, मोहम्मद इस्तियाक राई, लक्ष्मीप्रसाद पोखरेल र सुहाङ नेम्वाङ दोहोरिनुभएको हो ।
नेपाली कम्युनिष्ट पार्टीको निर्वाचित १७ मध्ये पुष्पकमल दहाल ‘प्रचण्ड’, मातृकाप्रसाद यादव, वर्षमान पुन, धनबहादुर बुढा र महेन्द्रबहादुर शाही दोहोरिनुभएको हो ।
राप्रपाका तर्फबाट पाँच जना सांसदमध्ये ज्ञानेन्द्रबहादुर शाह दोहोरिनुभएको छ । उहाँ सो पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुनुहुन्छ ।