सुचना, समाचार र मनोरन्जन

‘साधना म्यूजिक रिवार्ड’ फागुन १५ मा, शम्भुजित बास्कोटालाई लाइफटाइम

काठमाडौं :

नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको साधना म्यूजिक रिवार्ड – २०८० आगामी फागुन १५ गते आयोजना हुने भएको छ । आयोजकले आइतबार अवार्डको मिति सहित साधना म्यूजिक रिवार्ड – २०८० को उत्कृष्ट ५ मनोनयन यस अघि नै प्रदान गरि सकिएको जानकारी दिएको हो।

आयोजकका अनुसार मुलत : नेपाली गीत संगीतका विधामा समेटेर आयोजना गरिदै आएको रिवार्डमा नेपाली गीत संगीत, चलचित्र, साहित्य विधाका उल्लेख्य विशिष्ट व्यक्तिहरु बिचमा ‘रिवार्ड’ प्रदान गरिनेछ ।

साधना म्यूजिक रिवार्ड पहिलो र दोस्रो अवार्डका रुपमा रहेको थियो भने तेस्रोदेखि रिवार्डका रुपमा आएको हो । यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोक गीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पप तर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाँकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिदैछ ।

हरेक वर्ष आयोजना गरिने साधना म्यूजिक रिवार्डमा हरेक वर्ष नै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने गरिन्छ । साधना म्यूजिक रिवार्ड – २०८० मा विगत ५ दशकदेखि अनवरत रुपमा सक्रिय संगीतकार, गायक तथा गीतकार मेलोडी किङ शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । उनका प्रशस्त गीतहरु लोकप्रिय एवं चर्चित छन् भने उनी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत हुन् । समारोहमा अन्य संगीतकर्मीहरुलाई पनि सम्मान प्रदान गरिनेछ ।

चौथो साधना म्यूजिक रिवार्ड फागुन १५ संघीय राजधानी काठमाडौंको गोगंबु स्थित बिजी ब्यान्क्वेट तथा इभेन्टमा आयोजना गरिने रिवार्डको अध्यक्ष सामना शाहले बताइन् ।

Leave A Reply

Your email address will not be published.