सुचना, समाचार र मनोरन्जन

सहारा पोखराको अध्यक्षमा पुनः ‘केशव बहादुर थापा’, सहारा अष्ट्रेलियाद्धारा बधाई

पोखरा,

संस्थाको १४औं अधिवेशन तथा २७औं साधाराण सभाबाट सहारा क्लव पोखराको अध्यक्षमा पुनः केशव बहादुर थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । सभाले आगामी दुई वर्षका लागि पुनः अध्यक्ष पदमा उनलाई निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित समितिलाई साहारा क्लव अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले अष्ट्रेलियाबाट सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित हुनुले अघिल्लो कार्यकाल सफल भएको र आउने दिनहरुमा संस्थाले थप अनुभवका साथ काम गर्ने पौडेलले विश्वास समेत व्यक्त गरेका छन ।

Pach Pandav

थापा यस अघि २०७४–२०७८ सम्म दुई कार्यकाल अध्यक्ष रहि सकेका थिए । बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङ र थापाले अध्यक्षमा दावेदारी गरेसंगै अधिवेशन दुई दिन लम्विएको थियो । तर अन्ततः सहमति भए संगै थापा अध्यक्षमा पुनः दोहोरिएका छन् ।

सम्पन्न अधिवेशनमा पूर्ण बहादुर गुरूङ वरिष्ठ उपाध्यक्षमा दोहोरिएका छन् । उनी तेस्रो कार्यकालका लागि सो पदमा पुनः दोहोरिएका हुन् । त्यस्तै उपाध्यक्षमा बिनुराना मगर, महासचिवमा गंगाराम पौडेल, सचिबमा ज्ञानेन्द्र गुरूङ, कोषाध्यक्षमा लिल बहादुर थापा र सह कोषाध्यक्षमा विष्णु गुरूङ निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरी कार्यसमिति सदस्यमा रोजिना गुरूङ, अम्बर राजभण्डारी, विजय गुरूङ, प्रमिला घले, शैलेस गुरूङ र ज्योती केसी निर्विरोध निर्वाचित भएका छन् ।

Leave A Reply

Your email address will not be published.