पोखरा,
संस्थाको १४औं अधिवेशन तथा २७औं साधाराण सभाबाट सहारा क्लव पोखराको अध्यक्षमा पुनः केशव बहादुर थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । सभाले आगामी दुई वर्षका लागि पुनः अध्यक्ष पदमा उनलाई निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित समितिलाई साहारा क्लव अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले अष्ट्रेलियाबाट सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित हुनुले अघिल्लो कार्यकाल सफल भएको र आउने दिनहरुमा संस्थाले थप अनुभवका साथ काम गर्ने पौडेलले विश्वास समेत व्यक्त गरेका छन ।
थापा यस अघि २०७४–२०७८ सम्म दुई कार्यकाल अध्यक्ष रहि सकेका थिए । बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङ र थापाले अध्यक्षमा दावेदारी गरेसंगै अधिवेशन दुई दिन लम्विएको थियो । तर अन्ततः सहमति भए संगै थापा अध्यक्षमा पुनः दोहोरिएका छन् ।
सम्पन्न अधिवेशनमा पूर्ण बहादुर गुरूङ वरिष्ठ उपाध्यक्षमा दोहोरिएका छन् । उनी तेस्रो कार्यकालका लागि सो पदमा पुनः दोहोरिएका हुन् । त्यस्तै उपाध्यक्षमा बिनुराना मगर, महासचिवमा गंगाराम पौडेल, सचिबमा ज्ञानेन्द्र गुरूङ, कोषाध्यक्षमा लिल बहादुर थापा र सह कोषाध्यक्षमा विष्णु गुरूङ निर्विरोध निर्वाचित भएका छन् ।
यसै गरी कार्यसमिति सदस्यमा रोजिना गुरूङ, अम्बर राजभण्डारी, विजय गुरूङ, प्रमिला घले, शैलेस गुरूङ र ज्योती केसी निर्विरोध निर्वाचित भएका छन् ।