सुचना, समाचार र मनोरन्जन

सजन, पुजन र सुमनको टोलीले प्रहरी कार्यालयमा रंगरोगनदेखि प्लास्टरसम्म

काठमाडौं :

 कमेडियन सजन श्रेष्ठले स्थानीय बासिन्दासँग मिलेर ढल्कु प्रहरी कार्यालयको मर्मत गरेका छन्। जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको उक्त प्रहरी कार्यालयलाई उनले आफ्नै पहलमा पुनःनिर्माण सुरु गरेका हुन्।

उनीसँगै कमेडियन पुजन अधिकारी र सुमन कार्की पनि अभियानमा सहभागी भएका छन्। कार्यालयको सरसफाइदेखि कलर लगाउनेसम्मको काम उनीहरूले स्थानीयको सहयोगमा सम्पन्न गरेका हुन्।

सजनले भवन मर्मतका लागि आवश्यक सिमेन्ट, बालुवा, तार, कलरलगायत सामग्री आफ्नै तर्फबाट उपलब्ध गराएका छन्। पुजन अधिकारीले झाडुजस्ता सामग्री उपलब्ध गराएका थिए भने कार्यालयका बेडहरूको लागि अर्को टोलीले सहयोग गर्ने तयारी भइरहेको बताइएको छ।

जेनजी आन्दोलनका कारण देशभरका धेरै प्रहरी कार्यालय तोडफोड तथा आगजनीमा परेका थिए। ढल्कु प्रहरी कार्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। “कहिले बन्ने भनेर पर्खनुभन्दा आफैं अघि सर्नु आवश्यक ठान्यौं,” सजनले बताए।

Leave A Reply

Your email address will not be published.