सुचना, समाचार र मनोरन्जन

नारायणीमा बगेका व्यक्तिको सकुशल उद्धार

सशस्त्र प्रहरीले नारायणीमा बगेका व्यक्तिको सकुशल उद्धार गरेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणी नदीमा बग्दै आएका पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शेलेन्द्र थापाले जानकारी दिए ।

झन्डै ४०÷५० वर्षीय पुरुष नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको र उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवनमा पठाएको सह–प्रवक्ता थापाले बताए ।

बग्दै आएका व्यक्तिले आफ्नो पहिचान खुलाएका छैनन् ।

Leave A Reply

Your email address will not be published.