सुचना, समाचार र मनोरन्जन

फेवातालमा हाम्फालेकी महिलाको सकुशल उद्दार

काठमाडौँ,

कास्कीको पोखरा महानगपालिका–६ गौरीघाटस्थित फेवातालमा हाम्फालेकी एक महिलाको सकुशल उद्दार गरिएको छ ।

मकवानपुर घर भइ हाल पोखरा–६ लेकसाइड बस्ने वर्ष अम्दाजी ४५ कि हिरा नेगी तालमा हामफालेको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलबार बिहान हामफालेकी उनी तालमा रहेको काठको मुढामा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट इन्सपेक्टरको कमाण्डमा ५ जना गोताखोरसहितको संयुक्त सुरक्षा फौजले उनको उद्दार गरेको हो ।

उद्धार पश्चात उनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पठाइएको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.