सुचना, समाचार र मनोरन्जन

‘भन्छन् स्वामीले’ भन्दै आइन् समिक्षा अधिकारी

काठमाडौं :

हिन्दु नारीहरुको पवित्र पर्व हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुले यससँग सम्बन्धित गीति सामाग्रीहरु सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ । यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

Chaka Panja

पछिल्लो पुस्तामाझ चर्चामा रहेका गायक तथा संगीतकार ताराबीर पाण्डेको संगीत रहेको उक्त गीतमा गणेश सुबेदीको शब्द रहेको छ भने राजिव शाहले एरेञ्ज तथा मिक्सिङ र मास्टरिङ गरेका छन्। भिडियोमा भने मोनिका बुढाथोकी र सबिन घिमिरेले श्रीमान–श्रीमतीको रुपमा अभिनय गरेका छन् । मोनिकाको नृत्य तथा सबिनको अभिनय मौलिक रहेको छ। निर्देशक तथा कोरियोग्राफर सुरेश पाण्डेले भिडियोलाई पारिवारिक र सभ्य बनाएका छन्। बन्दे प्रसादको सम्पादन रहेको भिडियोको कलर ग्रेडिङ भने राजेन्द्र मोक्तानले गरेका छन्।

प्रायजसो तीजका गीतहरु काठमाडौंको कुनै पार्टी प्यालेस वा कुनै मन्दिरको प्रांगणमा छायाँकन गरेर सकिने परम्परालाई छोडेर यो गीतको भिडियो भने इलामको चपेटी, झापाको सुरुंगास्थित धनुषकोटी र दोमुखाका रमणीय स्थलहरुमा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.