सुचना, समाचार र मनोरन्जन

‘नाङ्गो गाउँ’ले सर्वाधिक कमाई गर्दा छायाँमा साम्राज्ञी 

काठमाडौं :

शुक्रबारबाट रिलिज भएको फिल्म ‘नाङ्गो गाउँ’ले बम्पर व्यापार गरिरहेको छ। फिल्मले कमाई गरिरहँदा यस फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको भने चर्चा चलेको छ। यस फिल्मको क्रेडिङ दयाहाङ राई र मिरुना मगरले लिइरहेका छन्।

फिल्मकर्मीहरु उनको नाम अगाडी नआउनुमा उनी फिल्मको छायांकन र डबिङपछि प्रचारप्रसारमा साथ नदिएपछि हराएको बताउँछन्। किनभने उनी फिल्मको प्रचारमा कतै देखिइनन् भने प्रिमियरमा मात्र उपस्थिति भएकी थिइन्।

प्रचारप्रसारमा भने नायक दयाहाङ राई र नायिका मिरुना मगर मात्र देखिएका थिए । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मले फिल्म ‘जारी’पछि राम्रो कमाई गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.