सुचना, समाचार र मनोरन्जन

‘हल्कारा’ले आगामी ओस्कार अवार्डका लागि छनोट

काठमाडौं :

नेपाली फिल्म ‘हल्कारा’ले आगामी ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्ने भएको छ । हल्कारासहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए । यसमध्येमा हल्कारा छानिएको हो।

यसलाई हालै नेपालस्थित ओस्कारको छनोट कमिटीले फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गर्ने निर्णय गरेको हो ।यस फिल्मलाई विक्रम सापकोटा निर्देशन गरेका हुन्। उक्त विधाका लागि कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ सम्म अमेरिका पठाइने भएको छ ।

Leave A Reply

Your email address will not be published.