सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

ऋचा शर्मा र भोलाराज अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक,चलचित्र असोज २६ मा

काठमाडौँ :

ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ। ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रको ट्रेलरले धेरै नेपालीको पीडा भाव बोल्छ ।

असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रका निर्माता केदार भुषाल हुन्। विजया दशमीको छेको पारेर चलचित्र प्रदर्शनमा ल्याउन लागिएको हो। दशैं भनेको नेपालीहरुको महान चाड हो र यो बेलामा सबैको रमाइलो गर्ने मुड हुन्छन् त्यस बेला चलचित्र हेर्ने दर्शक पनि धेरै हुन्छन त्यही भएर यो समयमा प्रदर्शन गर्न लागेको निर्माता भुषालले बताए।

sfal

चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् । चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई,सन्दीप लोहनी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका  कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ छन् । चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । निसाल पौडेलले छायांकन गरेको चलचित्रमा भीम विश्वकर्माको सम्पादन,सुदीप श्रेष्ठको कलर रहेको छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

Leave A Reply

Your email address will not be published.