सुचना, समाचार र मनोरन्जन

फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं :

आगामी असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले फिल्मको सार्वजनिक २ मिनेट १० सेकेण्ड लामो ट्रेलरमा सार्वजनिक गरिएको हो। फिल्ममा प्रेम र द्धन्द्वलाई स्थान दिइएको छ । अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वानर सेना’को कथा पौराणीक रहेकाले पनि दशैंको आसपासमा रिलिज गर्न लागेको जानकारी निर्माण टिमले दिएको छ ।

गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको फिल्ममा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरि, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

Chaka Panja

फिल्ममा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ ।

फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देृशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.