सुचना, समाचार र मनोरन्जन

माग्ने बुढाकी श्रीमतीले खेल्दै फिल्म,शुभमुहूर्तमै पुगेर दिए शुभकामना

काठमाडौं :

चर्चित हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा)की श्रीमतीले पनि फिल्म खेल्ने भएकी छन्। शुक्रबार काठमाडौंको कमलादीस्थित फिल्म ‘सानो संसार’को शुभमुहूर्त गरिएको थियो। जहाँ केदार घिमिरेकी श्रीमती सीतादेवी तिमिल्सेना मुख्य भुमिकामा रहेकी छन्।

१५ वर्ष अघि रिलिज भएको फिल्म ‘सानो संसार’को नाममा ‘चपली हाइट’ निर्माता अर्जुन कुमारले फिल्मको निर्माण गर्न लागेका हुन्। सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा सीतादेवीसहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटी लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जानकारी दिइयो। सक्किगोनीमा समेत अभिनय गर्दै आएकी सीतादेवीले यहि फिल्मबाट फिल्ममा डेब्यु गर्न लागेकी हुन्। उनी सहित अन्य कलाकारले पनि यहि फिल्मबाट डेब्यु गर्दैछन्।

यहि जेठ अन्तिमसाताबाट फिल्मको छायांकन हुने निर्माता अर्जुक कुमारले बताए। उनका अनुसार फिल्मको सुटिङ काठमाडौं, धादिङ र नुवाकोटका विभिन्न स्थानमा हुनेछ। सानो परिवारको कथामा फिल्म निर्माण गर्न लागेको समेत उनले जानकारी दिए।

यस फिल्ममा निर्देशक सिद्धार्थ र सरिष्मा पुडासैनी मिलेर कथा लेखेका हुन्। उनीहरुका अनुसार यो फिल्म आगामी दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट फिल्म सार्वजनिक प्रदर्शनमा आउने छ। अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको संयुक्त निर्माण गर्न लागेको हो।

फिल्मको मुहर्त कार्यक्रममा बोल्दै फिल्मका निर्माता कुमारले नयाँ कलाकारलाई चान्स दिनुका लागि आफुले फिल्म निर्माण गर्न लागेको बताए । उनले नयाँ कलाकारले अवसर नपाउने गरेको गुनासो गर्दै आफुले नयाँका लागि फिल्ममा लगानी गर्न लागेको दाबी गरे।उनले भने,‘फिल्ममा ‘स्टार’ चाहिन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । नयाँले पनि धेरै राम्रो गर्न सक्छन् । एउटै कलाकार र निर्देशकको भरमा फिल्म क्षेत्र टिकिरहन्छ भन्ने होइन । केही नयाँ गर्नुपर्छ ।’

कार्यक्रममा पुगेका कलाकार केदार घिमिरेले फिल्मको कथा मन परेको र निर्देशकको काम गराई मन परको हुनाले श्रीमती सीतालाई खेल्न आग्रह गरेको बताए। यता सीताले आफ्नो अभिनय गर्ने चाहाना पहिलाबाटै भएता पनि बल्ल जुरेको तर्क गरिन्। निर्माता अर्जुन कुमारले पछिल्लो समय फिल्म ‘चपली हाइट ३’ निर्माण गरेका थिए।जुन फिल्म बक्स अफिसमा असफल भएको थियो।

Leave A Reply

Your email address will not be published.