सुचना, समाचार र मनोरन्जन

आफ्नो जन्मदिनमा सन्तोषले घोषणा गरे ‘तै चुप मै चुप’

काठमाडौं :

फिल्म ‘चित्रा’का निर्माता तथा अभिनेता सन्तोष अधिकारीले ‘तै चुप मै चुप’को निर्माण घोषणा गरेका छन्। बुधबार आफ्नो जन्मदिनको अवसर पारेर उनले नयाँ फिल्मको घोषणा गरेका हुन्। फिल्मलाई चित्राकै निर्देशक घनश्याम लामिछानेले निर्देशन भन्ने भएका छन्।

Pach Pandav

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने फिल्म ‘तै चुप मै चुप’ को स्कृप्ट मनिष गौतमले लेखेका छन्।

फिल्मलाई काठमाडौं र पोखराका विभिन्न स्थानमा खिचिने निर्माण पक्षले जनाएको छ। ीनर्माण पक्षले जानकारी दिए अनुुसार यो फिल्मका लागि कलाकार र गीत सङ्गीत छनोटको काम भइरहेको छ ।

फिल्ममा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने फिल्मको सम्पूर्ण मार्केटिङ्ग र ब्रान्डिङ्ग आईडिया पिक्सेलका तर्फबाट पवन राज जोशीले गर्नेछन् । निर्माण पक्षले फिल्म ‘तै चुप मै चुप’ आगामी वर्ष भित्र प्रदर्शन गर्ने तयारी समेत गरेको छ। निर्देशक लामिछानेको पछिल्लो समय ‘लण्डन टु पेरिस’प्रदर्शनमा आएको थियो।

Leave A Reply

Your email address will not be published.