सुचना, समाचार र मनोरन्जन

‘जाउँ साइँली बेनी बजार’को नयाँ भर्सनमा प्रकाश सपुत र अञ्जलीको छमछमी

काठमाडौँ :

स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत  ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले पुन रेकर्ड गराएका छन्। रसाइली र गायिका भट्टराईको स्वरमा यो गीत पुनः रेकर्ड भएको हो। मौलिक झ्याउरे लोकदोहोरी शैलीमा तयार गीतकको भिडियो पनि बनेको छ।

भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीको अभिनय छ।  भिडियोका निर्देशन सुनिल विकले गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी र करन चैसिरको छायाङ्कन  भिडियोमा छ। गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन्। संगीत भने स्वर्गीय विष्टकै रहेको छ। पुराना गायक तथा संकलकहरुको सम्मानमा गीतलाई पुनः रेकर्ड गरिएको गायक रसाइलीले बताए ।

Leave A Reply

Your email address will not be published.