सुचना, समाचार र मनोरन्जन

‘सारंग’ को प्रिमियरमा सेलिब्रेटी बने भावुक

काठमाडौं :

निर्देशक प्रशान्त तामाङको फिल्म ‘सारंग’ ले जताततै तारिफ पाएको छ। मंगलबार क्युएफएक्स,सिभिल मलमा प्रिमीयरमा पत्रकार तथा सेलिब्रेटीले फिल्मको तारिफ नै तारिफ गरेका थिए। फिल्म हेरेका कलाकार,प्राबिधिक,संचारकर्मी तथा बिभिन्न क्षेत्रका प्रतिनिधिले ‘सारंग’ मन परेको प्रतिक्रिया दिए।

अभिनेत्री,निर्देशक दीपाश्री निरौलाले ‘सारंग’ को खुलेर तारिफ गरिन्। बिबाहीत,अविवाहित सबैका लागि यो फिल्म खास रहेको बताउँदै सबैले हेर्नुपर्ने धारणा राखिन्। उनले फिल्ममा मनारञ्जनका साथ प्रचुर सन्देशसमेत रहेकाले फिल्मले आमदर्शकको मन जित्ने बिश्वास ब्यक्त गरिन्।
उनले ऋचा,उत्पल,बालकलाकार द्वय आदित्य कार्की र सम्राट थापाको अभिनय उत्कृष्ट लागेको बताइन्। वास्तवीक घटनाहरुमा फिल्म निर्माण गर्नु निकै आँटिलो काम भएको र यसका लागि निर्माता,निर्देशकलाई सम्मान गर्नुपर्ने धारणा राखिन्।

निर्देशक प्रदिप भट्टराईले ‘सारंग’ हेरेर आफू,श्रीमति र छोरा पनि धेरै ठाउँमा रोएको बताए। उनले यसप्रकारको सुन्दर फिल्म अझै निर्माण गर्नुपर्नेमा जोड दिए। निर्माता अर्जुनकुमारले ‘सारंग’ हाल चलीरहेका भन्दा अलि फरक बिषयबस्तुको फिल्म भएको तथा परिवार र समाजलाई सौहाद्र्धतामा बाँधिराख्नका लागि यस प्रकारका फिल्मले ठूलो भूमिका खेल्ने राय राखे। उनले फिल्मका थुप्रै दृश्यले मन छोएको बताए।
अभिनेत्री प्रियंका कार्कीले रियालिटी बेसमा बनेको ‘सारंग’ ले आम दर्शकको मन छुने बताइन् ।

Pach Pandav

उनले घर,परिवारमा घटिरहेका घटनाहरुलाई लिएर सुन्दर फिल्म बनाइएको प्रतिक्रिया दिइन् । अभिनेता देब्यदेव र अभिनेता,निर्देशक सुलक्षण भारतीले पनि ‘सारंग’ वास्तवमै आम दर्शकमाझ पुर्याउनै पर्ने कथामा निर्माण गरिएको उल्लेख गर्दै तारिफ गरे । उनीहरुले फिल्म हेरेर आफूहरु धेरै ठाउँमा रोएको बताए।अभिनेत्री तथा यस चलचित्रमा कार्यकारी निर्मात्रीका रुपमा समेत रहेकी ऋचा शर्माले ‘सारंग’ आफ्नो करिअरको दोश्रो इनिङ भएको बताइन्।

प्रिमीयरमा उपस्थिति पाहुनाहरुलाई स्वागत गर्दै उनले भनिन्,‘केही बर्षको अन्तरालपछि म यही फिल्मबाट पर्दामा आउदैछु । र, फिल्म पनि निकै राम्रो बनेको छ । यसअघिका बिभिन्न बिशेष शोहरुमा निकै राम्रो प्रतिक्रिया पाएका छौं । त्यसकारण म निकै आशावादी छु । मलाई लाग्छ यो मेरो दोश्रो इनिङ हो ।’ निर्देशक,लेखन तथा निर्माता प्रशान्त तामाङले आफू समाजीक तथा पारिवारिक सदभावको पक्षमा रहेकाले पारिवार,आफन्त,मित्र तथा समाज मिलनको बिषयमा फिल्म बनाउन मन पराउने उल्लेख गरे । यसअघि पनि बाल मनोबिज्ञानमा ‘ठूलो मान्छे’ नामक फिल्म निर्माण गरेका प्रशान्तले ‘सारंग’ टुक्रिन लागेको परिवारमा दुई बालकको आत्मीयताले गर्ने जादुमय संयोगान्तको कथा प्रस्तुत गरेका छन् ।

प्रदर्शनपूर्व लबिम मल,धरान,इटहरीलगायतका स्थानमा गरिएको बिशेष प्रदर्शनीबाट निकै तारिफ पाएको ‘सारंग’ हेर्ने आम दर्शकभने हलमा भक्कानीने, रुने गरेको पाइन्छ । अधिकांश दर्शकले फिल्मले मन छोएको,वास्तवीक लागेको तथा आफ्नो घरपरिवारमा पनि यसप्रकारका समस्याको अनुभूति गरिरहीएकाले एकाएक आँशु झर्ने गरेको प्रतिक्रिया दिइरहेका छन्। ‘सारंग’ मा बिशेषगरी शहरिया जीवन,बाबुआमाबीचको मतभेद,धनी गरिबबीचको खड्ल तथा भौतिक सुख खोज्ने नाममा हुने गरेको पारिवारिक बिखन्डनको वास्तवीक चित्र प्रस्तुत गरिएको छ।

फिल्ममा ऋचाका साथमा उत्पल झा,समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,बिश्व स्याङ्बो,दीपीका थापा,सुमन सागर जंग केसी,प्रभात श्रेष्ठ अनि बालकलाकार द्वय आदित्य कार्की र सम्राट थापाले अभिनय गरेका छन्। दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन्।

पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत,डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी रहेको छ। गोपाल रायले खिचेको फिल्म मित्र डि गुरुङले सम्पादन गरेका हुन्। यही माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्म देशभरका हलमा स्टेशन ५ ले प्रदर्शन गर्दैछ।

Leave A Reply

Your email address will not be published.