सुचना, समाचार र मनोरन्जन

नीता ढुंगानाको ‘पार्वती’मा ‘कार्टुन्ज क्रू’का सरोजको इन्ट्री

काठमाडौं :

अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको नेपाली कथानक फिल्म ‘पार्वती’ मा ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकका रूपमा जोडिएका छन्। आइतबार निर्माण टिम र सरोजबीच औपचारिक सम्झौता भएको हो।

सरोजले यसपटक अभिनय नभई निर्देशनको अनुभव बटुल्ने लक्ष्यसहित फिल्ममा संलग्नता जनाएका हुन्। उनी भविष्यमा पूर्णरूपमा निर्देशक बन्ने योजनामा छन् र त्यसका लागि अझै केही फिल्ममा सहायक निर्देशकको रूपमा काम गर्ने योजनामा रहेको सुनाए।

नीता ढुंगानाले लेखेको कथा र शिवम् अधिकारीको पटकथा तथा संवादमा आधारित ‘पार्वती’ को छायांकन आगामी असोज महिनादेखि सुरु हुने तयारी छ। फिल्ममा नीता आफैं मुख्य भूमिकामा देखिनेछिन् भने अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिने बताइएको छ।

फिल्मको छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। माघ १ गते प्रदर्शनमा आउने यो फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाको लगानी रहनेछ। वितरणको जिम्मा उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले, तथा उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ।

Leave A Reply

Your email address will not be published.