सुचना, समाचार र मनोरन्जन
jaar

छ करोड लगानीमा बल्ल सकियो अनमोलको ‘जेरी अनटप’को सुटिङ

काठमाडौं :

नेपाली फिल्म महँगा लगानीमा निर्माण हुन थालेका छन्। नीता ढुंगानाले निर्माण गरेपछि सबैभन्दा धेरै लगानीमा बनेका अर्को फिल्म ‘जेरी अनटप’ पनि बनेको छ। यस फिल्मको छायांकन लागत ६ करोड हाराहारी पुगेको निर्माण पक्षले दाबी गरेको छ। सोमबार फिल्ममा समावेश २ गीतको सुटिङ थाति राख्दै बाँकी छायांकन सकेको हो।

हिमालपारीको जिल्ला मुस्ताङबाट फिल्मको छायांकन सकेर कलाकार सहितको टोली काठमाडौं फर्किएको छ। फिल्म निर्माण कम्पनि अनन्या फिल्मस् प्रालीले मल्टिस्टारर फिल्म ‘जेरी अन टप’मा अभिनेता अनमोल केसी अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, चर्चीत हाँस्य अभिनेता केदार घिमिरे ’माग्नेबुढा’लाई प्रमुख भुमिकामा अभिनय गराएको छ। उनीहरुसँगै भुवन केसी,विपना थापा, सुरक्षा पन्त र उषा खड्कीको पनि अभिनय रहेको निर्माण पक्षले जानकारी दिएको छन्।

यसमा फिल्ममा अनमोल पिता भुवन केसीले नै बुवाकै भुमिकामा अभिनय गरेका छन्। काठमाडौं फर्किएका निर्माता सरोज न्यौपानेले फिल्मलाई उत्कृष्ठ बनाउन कुनै कसुर बाँकी नराखेको बताए। उनले भने,‘उत्कृष्ट फिल्म तयार हुनको लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन्।’

उनका अनुसार यो फिल्म सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्म खिचिएको छ। फिल्मका केहि दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा खिचिएको छ। यो फिल्मको छायांकन नसकिदै अर्थात गत हप्ता अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार बिक्री भएको थियो। हङकङमा स्थापना भएको एलजी एसोसिएट्सले ३ करोड बढि एमजी (मिनिमम ग्यारेन्टी) मा ’जेरी अन टप’को विदेश राइट्स खरिद गरेको बताइएको छ।

सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । वितरण कम्पनिसँगको सल्लाहमा केहि दिनमै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले बताए।

Leave A Reply

Your email address will not be published.