सुचना, समाचार र मनोरन्जन

ब्रेकअप पछि पनि एकसाथ फिल्ममा काम गर्दै सौगात र श्रृष्टि

काठमाडौं :

केहि वर्षअघिसम्म प्रेम प्रेम सम्बन्ध रहेका अभिनेता सौगात मल्ल र श्रृष्टि श्रेष्ठले निकै फिल्ममा काम गरे। उनीहरुको प्रेमसम्बन्ध टुंगिएपछि पनि एकसाथ फिल्ममा सहकार्य गर्दै आएका छन्। उनीहरुले ब्रेकअप पछि फिल्म ‘भाइरल गोर्खे’मा एकसाथ काम गरेका थिए। यो फिल्मपछि उनीहरुले नयाँ फिल्म ‘विनोद’मा पनि एकसाथ सहकार्य गर्न लागेका छन्।

Pach Pandav

ब्रेकअपपछि एकसाथ काम गरिरहेको सायदै यो पहिलो जोडी होला। बिहीबार सौगातको अभिनय रहने जानकारी दिँदै फिल्मको ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको थियो। फिल्मको पोस्टरमा अभिनेता सौगात मल्ल रहेका छन्। जस पोस्टरलाई अभिनेत्री श्रेष्ठ सामाजिक सञ्जाल आफ्नो फेसबुक र इन्स्टामा सेयर गरेकी छन्। निर्माण पक्षले फिल्ममा उनको नाम नराखेता पनि उनी यो फिल्ममा काम गर्न लागेको निश्चत छ। तर निर्माण पक्षले फिल्म प्रचारको औषधि बनाउनका लागि उनको नाम लुकाएको हो। आगामी मंसिरबाट छायांकन थालिने यो फिल्मलाई बलिराम चौहानले निर्देशन गर्दैछन्।

बागमती नदीसँग जोडेर तराई र पहाडको संगम स्थलमा छायांकन गर्न लागिएको फिल्ममा प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायतका कलाकारहरुको अभिनय रहने निर्माण पक्षको भनाई छ। अर्को वर्ष प्रदर्शन हुने यस फिल्ममा छायांकन तथा अन्य प्राविधिक पक्षको बारेमा निर्माण पक्षले बिस्तारै जानकारी दिने भनाई राखेका छन्।

Leave A Reply

Your email address will not be published.