विद्यालय तहको खुद भर्नादर बढेको छ । शैक्षिक सत्र २०८१ मा आधारभूत तह (कक्षा १–८) को कुल भर्नादर १२४.८ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर ८०.६ प्रतिशत पुगेको छ।
उक्त तहको खुद भर्नादर क्रमशः ९४.१ प्रतिशत र ५५.८ प्रतिशत रहेको छ ।
शैक्षिकसत्र २०८० मा आधारभूत तह (कक्षा १–८) को खुद भर्नादर ९५.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्नादर ५७.९ प्रतिशत थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शैक्षिक सत्र २०८१ मा कक्षा ८ सम्मको टिकाउ दर ८६.५ प्रतिशत छ । कक्षा १० सम्मको टिकाउ दर ६६.९ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ४०.६ प्रतिशत पुगेको छ ।
शैक्षिक सत्र २०८० मा टिकाउ दर क्रमशः ८६.२ प्रतिशत, ६९.९ प्रतिशत र ३७.२ प्रतिशत रहेको थियो । मन्त्रालयका अनुसार शैक्षिक सत्र २०८० को तुलनामा शैक्षिक सत्र २०८१ मा कक्षा १० को टिकाउ दर ३ प्रतिशतले घटेको छ ।