सुचना, समाचार र मनोरन्जन

‘फेस अफ क्लासिक डायमण्ड ‘को ग्राण्ड फिनालेमा पोखराकी सेजल

 

कास्की : पोखराकी सेजल राजभण्डारी प्रतिष्ठित प्रतियोगिता फेस अफ क्लासिक डायमण्ड को ग्राण्ड फिनालेमा फाइनलिस्टको रूपमा छनोट भएकी छिन्।

यहि मंसिर १५ होटल हायात प्लेस  काठमाडौंमा उनले अन्तिम प्रतिश्पर्धा गर्नेछिन्। राष्ट्रिय मंचमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएकी उनले आफूलाई पोखराको गौरव बढाउने बताइन्।

Chaka Panja

पोखराबाट अडिसन दिएकी उनले करिब ६० जनाबाट टप २५ मा पर्न सफल भएकी हुन्। आफूलाई भोटको आवश्यकता परेको भन्दै सबैले भोट गरिदिन पनि आग्रह गरेकी छिन्।

‘सबैले साथ दिए म सिधै टप १० मा पर्न सफल हुन्छु’, उनले भनिन्, ‘त्यसैले सबैले भोट गरिदिनुहुन्छ भन्ने अपेक्षा गरेकी छु।‘

सेजलले आफ्नो आत्मविश्वासका कारणले नै उपाधि हासिल गर्ने दाउमा छिन्।

Leave A Reply

Your email address will not be published.