Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘सिन्दुरे जात्रा’को रिलिज डेट : उपयुक्त समय हेरेर निर्माता टिमले तोक्यो मंसिर ४ गतेबाट प्रदर्शन
- प्रियंका कार्की भन्छिन् : नेपालमै केही गर्नेहरूलाई प्रोत्साहन गर्न पाउँदा खुसी लाग्छ
- पोखराको आगामी आर्थिक वर्षको बजेट ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ
- को हुन् ‘माया भनेकै यस्तो होला’का नायक दिल ?,भन्छन् – चुनौतीलाई अवसरमा परिणत गरेको छु
- पूजा गुरुङ र जश्मिन श्रेष्ठको ‘हली’टिजरमा झल्कियो दर्दनाक घटना
- मदरल्याण्ड माविका ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण, ११ विद्यार्थीले ल्याए ३.९६ जिपिए
- प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
- पर्यटकीय शहर पोखरामा ‘बवाल वेयर्स’को आउटलेट सञ्चालन
- ओम प्रतिकको निर्देशकिय फिल्म ‘हली’को मार्मिक टिजर रिलिज
- तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
नेपाली सेनाद्वारा इटहरीमा पत्रकारका लागि अभिमुखीकरण तालिम
काठमाडौँ,
नेपाली सेनाको पूर्वीपृतनाको जिम्मेवारी क्षेत्रका जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना पत्रकारका लागि रक्षा संवाददाता अभिमुखीकरण सञ्चालन गरिएको छ ।
पूर्वी पृतना मुख्यालय इटहरीमा आजदेखि सुरु उक्त कार्यक्रममा पृतनापति उपरथी गौरवकुमार केसीले सफलताको शुभकामना व्यक्त गर्नुभयो । चार दिवसीय अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूका बारेमा जानकारी दिइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा विपद्प्रतिकार्य तथा समसामयिक विषयमा अन्तरक्रिया समेत सञ्चालन गरिने जानकारी दिइएको छ । यस्ता कार्यक्रमबाट सञ्चारजगत् तथा नागरिक सैनिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।