सुचना, समाचार र मनोरन्जन

बजेटमा स्टक एक्सचेन्जको पुन: संरचना गर्ने लगायत विषय

नेपाल सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने भएको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले सो कुरा बताएका हुन्।

यसैगरी नेपाल धितो पत्र बोर्डको सुदृढीकरण गर्ने समेत पौडेलले घोषणा गरे। बैंक वित्तीय संस्थाको बढ्दै गएको गैर बैकिङ सम्पत्ति व्यवस्थापनको लागि एसेट म्यानेजमेन्ट कम्पनी खोल्ने विषय आउने आर्थिक वर्षको बजेटमा समेत पौडेलले समेटे। जुन यस अघिको बजेटमा समेत आएको थियो।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष लगायतलाई प्राइभेट इक्युटी र भेन्चर क्यापिटलमा लगानी गर्न सक्ने व्यवस्था गर्ने पौडेलको भनाई थियो। यसैगरी यस पटक पनि गैर आवासीय नेपालीलाई स्वदेशी बजारमा कारोबार गर्न दिने विषय समेट्न पौडेलले छुटाएनन्। यस अघिका बजेटले पनि सो विषय नसमेटेका होइनन्। तर अहिलेसम्म गैर आवासीय नेपालीले दोस्रो बजारमा कारोबार गर्न भने पाएका छैनन्।

उता नेपाल टेलिकमको ३० प्रतिशत शेयर बिक्री गर्ने घोषणा अर्थमन्त्रीले बजेट मार्फत गरे। जुन शेयर बिक्री गरेर कम्पनीमा रणनीतिक साझेदार भित्र्याउने योजना सरकारका तर्फबाट पौडेलले सुनाए।

Leave A Reply

Your email address will not be published.