सुचना, समाचार र मनोरन्जन

सिर्जनाको ‘पूर्व खोज्छु पश्चिम फालेर’मा प्रभात र रुविनाको छमछमी

काठमाडौं :

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाडका रुपमा लिने गरिन्छ। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने यो पर्वलाई छेको पारेर गीतसंगीत बजारमा आउने गरेका छन्। भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन गरिने हुनाले यसलाई लक्षित तीजका गीतहरु सार्वजनिक हुँदै आएका छन्।

सोही क्रममा ‘पूर्व खोज्छु पश्चिम फालेर’ बोलको तीज गीत सार्वजनिक भएको छ। सिर्जना खरेलले निर्माण गरिएको गीतमा गायिका स्वस्तिका ढकाल र गायक अमृत बरालको स्वर रहेको छ। नेपमेलोसँगको सहकार्यसँगै जेरी भण्डारीले निर्देशन गरेको भिडियोमा अहिलेका चर्चित अनुहार प्रभात पल ठकुरी र रुविना अधिकारीलाई नचाइएको छ।

Pach Pandav

छमछमी नृत्य रहेको गीतको भिडियो हेर्दा बुढा र बुढीको नोकझोकका शब्दलाई भिडियोमा देख्न सकिन्छ। भिडियो बुद्ध थापाले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक भण्डारी स्वयंको रहेको छ। यस गीतमा शब्द तथा लय समीर आचार्यको छ भने म्युजिक प्रोडक्सन नेपमेलो म्युजिकको रहेको छ । भिडियोलाई सुजन कोइरालाले सम्पादन र कलरिङ गरेका हुन्।

अष्ट्रेलियामा बस्ने सर्जक तथा निर्माता खरेलले यो पटकको तीजमा यो गीतले विशेष रंग भर्ने आशा व्यक्त गरेकी छन्। तीज नृत्यका लागि पनि यो गीत उपयोगी हुने गरी एरेन्ज गरिएको संगीतकारले बताएका छन्।

Leave A Reply

Your email address will not be published.