सुचना, समाचार र मनोरन्जन

राज्य र माओवादीबीचको द्धन्द्धमा पिल्सिएका एक दर्दनाक परिवारको कथा ‘सिटामोल’ साउनमा

काठमाडौं :

सौगात मल्ल र बेनिशा हमाल अभिनित ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ। सोमबार सिनेमाको पोस्टर सार्वजनिक गर्दै आगामी साउन २३ गतेलाई रिलिज घोषणा गरिएको हो।

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्मको पोस्टरमा सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ। पोस्टरमा सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन्,भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन्। सिनेमामा उनीहरु श्रीमान्–श्रीमतीको भूमिका देखिएको अनुमान सार्वजनिक पोस्टरबाट गर्न सकिन्छ।

माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको छ। सौगातले सिनेमामा जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन्। सिनेमामा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन्।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, राउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्।

Leave A Reply

Your email address will not be published.