सुचना, समाचार र मनोरन्जन
Pdms

अकारण–सकारण, मुस्कुराइरहनुस् !

 हिराबहादुर कार्की,
एकनासको जिन्दगी सायदै कोही बाँचेको छ । तपाईंलाई थाहै छ, इसिजी वेभ फ्ल्याट भएकै क्षण जिन्दगी सकिन्छ । कवि भीम विरागको एउटा गीत छ– फूलै फूल मात्र पनि होइन रैछ जीवन, काँडा बीच फुल्ने फूल रैछ जीवन । कहिले आफैलाई हराएर, कहिले आफैलाई पाएर बाँच्न हरकोही अभिशप्त छ । सम्हालिनु बरालिनु जीवनको अनिवार्य नियमित गीत हो, बाँच्नका लागि हरकोहीले गाउनै पर्छ ।

न यसको गति एउटै हुन्छ, न यसको बाटो सोझो हुन्छ । कहिले यहि जिन्दगी भारी हुन्छ, कहिले यहि जिन्दगी हल्का भैजान्छ । कहिले साथीसँग, कहिले एक्लै । कहिले चुचुरोमा, कहिले अनन्त गहिराइमा । जिन्दगीको यथार्थ यही हो, उकालो–ओरालो । उकालो मात्रै पनि अधुरो, ओरालो मात्रै पनि अपूरो ।

हरकोहीको जीवनमा एक्लोपनको अनुभव अवश्य हुन्छ, साथीभाइसँगको भेटमै होस् वा एक्लै हुँदा । अनि मान्छेले स्वयमसँग प्रश्न गर्न थाल्छ, म को हुँ, मलाई चाहिएको के हो ? र यहाँबाट सुरु हुन्छ, रूपान्तरणको कहानी । दुख आत्मचिन्तनको थलो हो, जहाँबाट नयाँ सुरुवातहरू जन्मिन्छन्।

यदाकदा जवानी सम्झन्छु, विनाकारणको मुस्कुराएको सम्झन्छु । चियाको एक चुस्कीमा बिताएका पलपल सम्झन्छु । कहिलेकाहीँ साथीभाइसँग भेट हुन्छ, ऐना हेरेजस्तो महसुस हुन्छ । हरकोहीको जीवनमा एक्लोपनको अनुभव अवश्य हुन्छ, साथीभाइसँगको भेटमै होस् वा एक्लै हुँदा । अनि मान्छेले स्वयमसँग प्रश्न गर्न थाल्छ, म को हुँ, मलाई चाहिएको के हो ? र यहाँबाट सुरु हुन्छ, रूपान्तरणको कहानी । दुख आत्मचिन्तनको थलो हो, जहाँबाट नयाँ सुरुवातहरू जन्मिन्छन् ।

हरकोहीको जीवनमा एक्लोपनको अनुभव अवश्य हुन्छ, साथीभाइसँगको भेटमै होस् वा एक्लै हुँदा । अनि मान्छेले स्वयमसँग प्रश्न गर्न थाल्छ, म को हुँ, मलाई चाहिएको के हो ? र यहाँबाट सुरु हुन्छ, रूपान्तरणको कहानी । दुख आत्मचिन्तनको थलो हो, जहाँबाट नयाँ सुरुवातहरू जन्मिन्छन् ।

हो, जीवनको यदि कुनै स्थायी सत्य छ भने त्यो परिवर्तन हो । र यो परिवर्तनको सत्य के हो भने, परिवर्तन पूर्वसूचना दिएर पनि आउन सक्छ, नदिइकन पनि । सम्बन्ध टुट्छन्–जुट्छन् । व्यवसाय सफल हुन्छ, असफल हुन्छ । जागिर हराउँछ, पाइन्छ । सपनाको आधार ढल्छ–उठ्छ । कहिलेकाहीँ अचानक म अब उही मान्छे होइन भन्ने लाग्यो भने नयाँ मान्छे स्वीकार गर्न नहिच्किचाउनु होला । परिवर्तन पीडादायी हुन सक्छ, आनन्ददायी पनि । हामीले चिनेको संसार भत्किँदैमा नयाँ संसारको अस्तित्व नकार्नु गलत हुनेछ । मनप्रिय अनेक चिज परित्याग गर्न सक्नु आफैलाई बाँधेको दाम्लो फुस्काउनुजस्तै हो । यो यस्तो दुर्लभ अनुभव हो, हामी आफैले सङ्गालेका बनाएका अनेक चिजबाट आफैलाई खाली बनाउन सक्छौं, आफ्नै पुनर्निमाण गर्न सक्छौं । तर यो अनुभवको अवसर प्राय हाम्रो बेवास्तामा हराउँछ ।

हामी जन्मँदै सम्बन्धित भएर जन्मिन्छौं । जन्मदेखि मृत्युसम्म अनेक सम्बन्धहरू जोडिन्छन्, भत्किन्छन् । कतिपय क्षणिक हुन्छन्, कतिपय गतिहिन, केही गतिशील । कतिपय सम्बन्धहरू अप्रत्याशित भाँचिन्छन् । कतिपय अन्तिम साससम्म पनि सँगै हुन्छन् । सम्बन्ध के कस्तो भन्ने विषय, त्यसले हाम्रो मनमस्तिष्कमा पार्ने प्रभावले तय गर्छ । कहिले सम्बन्ध पर्खालजस्तै हुन्छन् । कहिले ढोका जस्ता, केही बन्द हुन्छन् भने केही खुल्छन् पनि । कतिपय सम्बन्धले तपाईंको उपभोग गर्छन्, कतिपय सम्बन्ध तपाईंको लागि उपभोग्य बन्छन् । तिरस्कार–प्रशंसाको कहानी त्यहाँबाट सुरु हुन्छ जब मानिसले आफैलाई बिर्सन्छ । मानिसको पहिलो जिम्मेवारी स्वयम् हो भन्ने सत्यबाट जब कोही विचलित हुन्छ त्यहाँ जिन्दगीको जटिलता सुरु हुन्छ । स्वयम्लाई माया नगर्ने, स्वयम्लाई सम्मान नगर्ने मानिस न मायालु हुन सक्छ न सम्माननीय ।

जीवनमा त्यस्ता पलहरू पनि हुन्छन् जुन असाध्यै रहरलाग्दा हुन्छन् । अक्सर, प्रयासले सार्थकता पाएका पलहरू अझ धेरै रहरलाग्दा हुन्छन् जसले जिन्दगीको सुन्दर पक्षको वकालत गर्छ । सत्य त निर्मम छ, कुनै पनि चिज स्थायी छैन । न रहर स्थायी हुन्छ, न कहर । जीवनप्रवाहका किस्सा र हिस्सामा दुखसुख सँगै आइरहने चिज हुन् । उकालो चढ्दा खुसी, ओरालो झर्दा बेखुसी हुनुको कुनै औचित्य छैन । जिन्दगीको सर्वोत्कृष्ट लय हो, सन्तुलन ।

एउटा भ्रमबाट मुक्त भएकै राम्रो, यो जिन्दगी कुनै निश्चित लक्ष्यमा पुग्ने दौड होइन । यो त असङ्ख्य अनुभवहरूको अनन्त नृत्य हो । कहिले हाँसो, कहिलो आँसु । बुद्धिविवेकमा मोह, वैराग्यमा राग मात्रैले जीवन बुझिदैन । शान्तिले मात्रै जीवन बुझाउँदैन, क्रोध नबुझी जीवन बुझिदैन ।

जिन्दगी बाँच्ने क्रममा परिवर्तन अपरिहार्य छ । हिजोको म र आजको मबीच अनगिन्ती फरक छ । यदि तपाईं अहिले जीवनको उचाईमा हुनुहुन्छ भने, कृपया त्यसको भरपुर आनन्द लिनुस् । यदि ओरालोमा हुनुहुन्छ भने धैर्य गर्नुस् । मान्छेको बाटो यही हो । यकिन गर्नुस् कि दुवै परिस्थितिमा तपाईं एक्लै हुनुहुन्न । जिन्दगीसँग आभारी रहिरहनुस् । तपाईंसँग जे छ, त्यसको कदर गरिरहनुस् ।

बाटो आफैले रोज्ने हो । आफैले रोजेको बाटो जतिसुकै अप्ठेरो होस् मान्छे खुसीसाथ हिँडिरहन सक्छ । कसैको अनुमति, सहमति सब बेकारका कुरा हुन् । हामी सबैको अन्तरआत्मामा परमात्मा छ । दुखको कुरा, अन्तरआत्मा र परमात्माबीच सँधै एउटा दूरी छ । सुखको कुरा, दुख नै त्यो पुल हो जसले अन्तरआत्मा र परमात्माबीचको मिलन सम्भव गराउँछ । खासमा जीवनको अर्को नाम नै क्रियाशीलता र गतिशीलता हो ।

Leave A Reply

Your email address will not be published.