काठमाडौं :
यतिबेला सामाजिक सञ्जालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनीकोे बिहेको चर्चा चलेको छ। प्रचण्डका नातिनी तथा गंगा दाहालकी छोरी स्मिता दाहालको बैवाहिक शुभकामना तथा बधाईको चर्चा चलेको हो। यो सामान्य मान्छेले दिएको बधाईको चर्चा चलेको भने होइन।
भारतियबाट प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउड अभिनेता सञ्जय दत्तले अभिनेता दत्तले स्मिताको विवाहका लागि शुभकामना व्यक्त गरेपछि नेपालमा चर्चा चलेको हो। सञ्जय दत्तले हिन्दी भाषामा भिडियोमार्फत विवाहको शुभकामना दिएका छन्। उनले गंगालाई बहिनी र स्मितालाई भान्जी सम्बोधन गर्दै चाँडै नेपाल आएर भेट्ने वाचा पनि गरेको भिडियोमा सुन्न सकिन्छ।
स्मिता गंगा दाहालकी छोरी हुन्। उनले गत शुक्रबार (मंसिर २१ गते)प्रेमी काठमाडौँ बबरमहल निवासी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन्। उनको विवाह काठमाडौंको गोकर्णमा रहेको ग्राण्ड नोर्लिङ रिसोर्टमा भएको थियो। उक्त विवाहमा प्रधानमन्त्री केपी शर्मा ओली,परराष्ट्रमन्त्री डा. आरजु राणा देउवादेखि नेपालमा चर्चित कलाकार तथा युटुब पत्रकारहरुको भिड लागेको थियो।