सुचना, समाचार र मनोरन्जन

गीतको भिडियो चलाउने काइदाको टेक्निक : मन परेको सेलिब्रेटीको विवाह हुँदाको पिडामा सुजन

काठमाडौं :

नेपाली गीतको म्युजिक भिडियो सुस्ताएको अवस्था छ। गीत संगीतले बजारमा त्यति चर्चा लिन छाडेपछि निर्माण पक्षले दर्शकको नजरमा पार्न अनेक टेक्निङ अपनाउने गरेका छन्।

कुनै समय आफुलाई मन परेको कलाकारको पोस्टकार्डमा कसैको नाम लेखेर आफु नजिकको मान्छेलाई दिने चलन थियो। त्यतिबेला सेलिब्रेटीको बेग्लै महत्व थियो। कसैलाई भेटेको खण्डमा उनीहरु भगवान भेटेको झैँ गर्थे। त्यहि विषयलाई उठान गर्दै नयाँ म्युजिक भिडियोमा सार्वजनिक गरिएको छ।

Pach Pandav

विक्रम चौहानको निर्देशनमा बनेको ‘तिम्रो तस्विर’ बोलको म्युजिक भिडियामा पुरानो युवापुस्ताको कथालाई भन्ने कोशिस गरिएको छ। सुजन बाबु गुरुङको शब्द,संगीत र स्वर रहेको यस गीतको भिडियोमा चल्तीका कलाकारको तस्विर प्रयोग गरिएको छ। प्रवेश दुलालले समेत लेखनमा साथ दिएको यस गीतको भिडियोमा सुजनको क्रस स्वस्तिमा खड्कालाई राखिएको छ। जहाँ सुजनलाई असाध्यै मनपर्ने सेलिब्रेटी हुन्छिन । तर स्वस्तिमाको विवाहले सुजनको मन टुक्रिएको कथालाई गीतको भिडियोमार्फत प्रस्तुत गरिएको छ।

हरेको सपना सेलिब्रेटीसँग नजिक हुने हुन्छ। सोही कुरालाई निर्देशक चौहानले भिडियोमार्फत बोल्न खोजेका छन्। निर्देशक चौहानकै कथामा बनेको यस भिडियोमा सुजनसँगै बलराम परियार र हिमा सापकोटाको अभिनय छ। प्रकाश खड्काले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्। भिडियो हेर्दा निकै आकर्षक देख्न सकिन्छ। तर चलेका सेलिब्रेटीको तस्विर राख्दैमा भिडियो चल्छ भन्ने चाही हुन्न है?

Leave A Reply

Your email address will not be published.