पोखरा,
सांस्कृतिक साँझको रुपमा प्रख्यात रहेको पोखरा सडक महोत्सव अंग्रेजी नयाँ वर्षको संघारमा आईपुगेको छ । छिप्पिदो पौषको चिसो मौसमलाई नेपालकै चर्चित कलाकार र सांगितक व्याण्डले तताइरहेका छन । १६ गते अर्थात (डिसेम्बर ३१) दिउँसोको समयमा चर्चित लोक तथा दोहोरी गायक पुरुषोतम न्यौपाने, कृष्ण सुवेदी, जिवन दाहाल, चोलेन्द्र पौडेल, सविना गुरुङ, मधु थापामगर लगायतको प्रस्तुति रहनेछ ।
न्यू ईयर इभिनिङ अर्थात अपराहन्न ४ बजे पछाडीको साँझ भने नेपालकै चर्चित लोकप्रीय व्याण्डहरुले तताउने आयोजकले जनाएको छ । साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म लोकल व्याण्डको प्रस्तुति रहनेछ । ५ः ५० देखि ६ः२० सम्मको समयमा टुकीबाबु साहेव, ६ः २५ देखि ७ः ५ बजेसम्म देउराली व्याण्डले आफ्ना सांस्कृतिक प्रस्तुति राख्नेछ । त्यसैगरी राती ७ः२० देखि ८ः १० बजेसम्म उजन शाक्य, कार्टुन क्रु ८ः १५ देखि ८ः ३५ बजेसम्म, डिमर्चा ब्याण्ड ८ः४० देखि ९ः४० बजेसम्म, लेकाली ब्याण्ड ९ः ५५ देखि १०ः ४५ बजेसम्म, कार्टुन क्रु १०ः४५ देखि ११ः ५ बजेसम्म र बहुप्रतिक्षत व्याण्ड एक्स नेपथ्य राती ११ः १५ देखि १२ः ५ बजेसम्म गुञ्जिनेछन ।
साँगितिक साँझमा सहभागी हुन चाहाने दर्शक श्रोता र पर्यटकहरुले parichayevents.com बाट टिकट बुकिङ गर्न सक्नुहुनेछ ।