सुचना, समाचार र मनोरन्जन

‘फेरियौ मायालु’भन्दै स्रोतामाझ आए भूकम्पविद् डाक्टर सुवेदी

काठमाडौं :

गीतकार तथा भूकम्पविद् डाक्टर शिव सुवेदीले ‘फेरियौ मायालु’ बोलको गीत मार्फत स्रोतामाझ आएका छन्। उनले हालै सार्वजनकि गरेको यस गीतमा गायिका समीक्षा अधिकारी र गायक कुशल बेलवासेले गाएका छन्। सुवेदीले प्रेम र वियोगका भावनालाई मार्मिक रूपमा शब्द लेखन मार्फत मन छुने गीत रचना गरेका छन्।

गीतकार सुवेदी समाजमा घटिरहेका सत्य घटनालाई आफ्ना गीतमा उतार्न मारिरहेका छन्। त्यसैल उनका गीतहरूले सधैँ श्रोताको मन जित्ने गरेका छन्। ‘फेरियौ मायालु’ पनि यस्तै एउटा प्रेम वियोगात्मक कथामा आधारित गीत रहेको बुझ्न सकिन्छ।

विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतको भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन्। भिडियोमा स्मारिका ढकाल अनिल पौडेल र सुरेश कोहलीले अभिनय गरेका छन्। गीत रिलिज भएको छोटो समयमा नै युट्युवमा राम्रो प्रतिक्रियासहित धेरै श्रोतादर्शकको मन जितेको छ। भूकम्पविद् भएर पनि गीतकारको रूपमा बेग्लै पहिचान बनाएका सुवेदीका दर्जनौँ गीतहरू लोकप्रिय छन्।

Leave A Reply

Your email address will not be published.