सुचना, समाचार र मनोरन्जन

सरकारले जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छ: स्वास्थ्यमन्त्री गौतम

काठमाडौँ,

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छिन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन् ।

Pach Pandav

मन्त्री गौतमले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्दै त्यसको सम्मानका साथ आफूहरुले एकचित्त भएर काम गरिरहेको बताइन्।

उनले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेगरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेकोसमेत बताइन् ।

मन्त्री गौतमले मानसिक स्वास्थ्यका लागि सबै ठाउँमा आवश्यक औषधि उपचारको व्यवस्था मिलाउने कामलाई पनि आफूले प्राथमिकताका साथ अघि बढाएको बताइन् ।

Leave A Reply

Your email address will not be published.