सुचना, समाचार र मनोरन्जन

एक भागवत र एक गीता’ (सामाजिक कथा)हेर्ने दर्शक बढ्दै

काठमाडौं :

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)हेर्ने दर्शकको घुँइचो लाग्न थालेको छ। पछिल्लो समय बक्स अफिसमा बिस्तारै दर्शक बढ्न थालेका छन्।

Protin

 इनिसियल व्यापार सुखद नदेखिएपनि विकेण्डपछि बिस्तारै दर्शक बढाउदै लगेको निर्माण पक्षको भनाई छ। यस फिल्मका वितरक गोविन्द शाहीका अनुसार आज(मंगलबार) सोचेको भन्दा राम्रो दर्शह हलमा आएको जानकारी दिए।

उनका अनुसार मंगलबारबाट सिनेमाले भने सोचेभन्दा राम्रोले साथ पाउन थालेको छ। फिल्म हेर्नका लागि हलमा टिकट बुकिङको अनुपात पनि बढेको छ । भोलीका लागि क्युएफएक्स लगायतका हलले शो समेत बढाएको समेत देख्न सकिन्छ ।
झरना थापाले निर्देशन गरेको यस फिल्ममा ‘बिपिन कार्की,सुहाना थापा,धिरज मगर,कवीर खड्काको मुख्य भुमिका रहेको छ। फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.