सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो

काठमाडौँ/

निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।

नेपाली बजारमा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार अब १० ग्राम छापावाल सुनको मूल्य नै १ लाख ६३ हजार ४१० रुपैयाँ पर्ने भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो।

Leave A Reply

Your email address will not be published.