सुचना, समाचार र मनोरन्जन

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार हेर्नुहोस्

काठमाडौँ,

नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनको भाउ तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँ तोकेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.