सुचना, समाचार र मनोरन्जन

स्वतन्त्र पत्रकारितालाई अगाडि बढाउन गण्डकी सरकार प्रतिबद्ध

पोखरा ।

गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र पत्रकारितालाई अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा बुधबार पोखरामा भएको कीर्ति स्मृति पत्रकारिता वृति सम्मान अर्पण समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले मिडियाले समाचार स्वतन्त्र भएर लेख्नुपर्ने विषयलाई उठान गरेका छन् ।

मिडियामा पनि व्यक्तिवादी चरित्र हाबी भएको उल्लेख गर्दै उनले नियमनको आवश्यकता रहेको औंल्याए । गण्डकी सरकार आमसंचार विधेयक मार्फत मिडियालाई कुण्ठित नभई नियमन गर्न तर्फ अग्रसर रहेको भनाई उनको छ । मिडिया क्षेत्रमा भएको छाडातन्त्रलाई रोक्नका लागि नियमनको आवश्यकता रहेको उनले बताए । यद्धपी सरकारले सदैव स्वतन्त्र प्रेसको वकालत गर्ने भनाई समेत उनको छ ।

Leave A Reply

Your email address will not be published.