
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
- तीन देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
- जलवायु न्याय र पर्वतीय राष्ट्रका मुद्दा कोप–३१ मा सशक्त रूपमा उठाउँछौँः मन्त्री चौधरी
- एनपीएलः कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड रुपैयाँ जम्मा
- हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार
- प्रहरीमा कार्यकारी हस्तक्षेप: सुशासनको दाबीमा स्वेच्छाचारिताको प्रहार
- आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
- विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री
- पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप अभियान, युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित
‘सङ्घीयताको सफल कार्यान्वयन भएन’: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकता नै सङ्घीयताको सफल कार्यान्वयनको मुख्य चुनौती भएको बताएका छन ।
पोखरा विश्वविद्यालयद्वारा आज आयोजित १० वर्षको सङ्घीय यात्रा, अभ्यास र उपलब्धि विषयक (प्रादेशिक सरकारको दृष्टिकोणमा सङ्घीयताको कार्यान्वयन) कार्यशालाको उद्घाटन गर्दै उनले संविधानमा लेखिएका अधिकारका सन्दर्भमा आवश्यक कानुन नबन्नु, गर्नुपर्ने कामको पहिचान नहुनु आदिले अपेक्षित कामहरू गर्न नसकिएको बताए ।
सङ्घ सरकारबाट बन्नुपर्ने कानुन नहुँदा प्रदेश सरकारले सीमित स्रोत साधनका बीच नागरिकका असीमित आवश्यकता पूरा गर्न सरकारलाई चुनौती थपिएको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा सङ्घीयता कार्यान्वयन झनै जटिल बन्दै गईरहेको बताए ।

सङ्घीयताका कारण जनता सरकारको नजिक पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले अपेक्षा बढी र सीमित साधन स्रोतबीचको अपेक्षालाई चाहेअनुसार सम्बोधन गर्न नसकिएको बताए। गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले प्रदेशमा सङ्घीयतापश्चात् धेरै कुरामा सकारात्मक परिवर्तन आएको बताए ।
विभिन्न सूचकले प्रदेशको समग्र विकास सकारात्मक रुपमा बढेको देखाएको बताउँदै गण्डकी प्रदेश सरकार सुशासनसँगै चुस्त मितव्ययी प्रशासनिक संरचना बनाउने तरबरले बढिरहेको बताए ।
स्वीट्जरल्याण्डका कार्यबाहक राजदुत माथियस मियरले सङ्घीयतालाई प्रभावकारी बनाउने गरी नेपाल लागिरहेको बताए । कार्यक्रमा पोखरा विश्वविद्यालयका रजिष्टार सह प्रा डा अजय थापाले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गराउने सन्दर्भमा नै कार्यक्रम राखिएको बताएका छन ।
पूर्वमुख्यसचिव डा सोमलाल सुवेदीले सङ्घीयतालाई प्रभावकारी बनाउन राजनीतक प्राथमिकता र सक्रियता एवं प्रशासनिक जाँगर सीप आवश्यक हुने बताए । टुक्रे योजना वितरणमा नियन्त्रण र उत्पादनमूलक लगानी हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नीति तथा योजना आयोग गण्डकीका पूर्वउपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल, सह प्रा डा अर्जुन थापालगायतले गण्डकी प्रदेशमा सङ्घीयताको अवस्था, चुनौतीलगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
Next Post