सुचना, समाचार र मनोरन्जन

‘यो मनको चाहाना’ एकअर्कालाई भन्दै दर्शकमाझ आए सुरेश र दीपा

काठमाडौं :

तीजको रौनक सकिएसँगै अन्य गीतहरुको सार्वजनकि हुन थालेका छन्। यसैबीचमा ‘यो मनको चाहना’ बोलको नयाँ गीत युटुबमार्फत सार्वजनिक भएको छ।

सुरेश लामा र दीपा लामाको स्वरमा रहेको यो गीत शनिबार सार्वजनिक भएको हो। गीतको शब्द डाक्टर दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डी.बी. लामाको छ। विशाल निरौलाले एरेन्ज गरेको यो गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन्।

Pach Pandav

यस गीतको भिडियोमा प्रभात पल ठकुरी र अप्सना बलामीले अभिनय गरेका छन् । गीतको भिडियोमा उनीहरूलाई एकअर्काको प्रेमभाव व्यक्त गर्दै देखाइएको छ।

उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सिनेम्याटोग्राफर विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन्।

Leave A Reply

Your email address will not be published.