सुचना, समाचार र मनोरन्जन

दोश्रो कर्णाली चलचित्र कार्यशाला बुधबारबाट सुर्खेतमा

काठमाडौं :

दोश्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने हुने भएको छ। सप्ताहव्यापी यो कार्यशाला यही २३ फागुनबाट २९ गतेसम्म आयोजना हुन लागेको हो।

केवी इन्टरटेनमेन्ट प्रा.लि.का अध्यक्ष भुपेन्द्र कुमार खड्काका अनुसार कार्यशालाको तयारी तिब्र गतिमा भईरहेको छ। आईतबार बिहान सुर्खेतमा पत्रकार भेटघाट आयोजना गरी खड्काले कार्यशालाको बिषयमा जानकारी गराए। उनका अनुसार कर्णालीमा दोश्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागिएको हो ।

‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ’,अध्यक्ष खड्काले भने,‘सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौ।’

यस अघि २०७९ असारको दोश्रो साता पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्र सम्बन्धि वेशिक कोर्स सिकाईएको थियो । उनीहरु सहित अन्य नयाँ विधार्थीहरुलाई यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष खड्काले बताएका छन् । यो कार्यशलामा यसपटक चलचित्र विकास  बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशनबारे विशेष क्लास लिने भएका छन् ।

चलचित्र लेखक-निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धि प्रशिक्षण दिने छिन ।कार्यशालामा छायाँकन र सम्पादन सम्बन्धि पनि प्रयोगात्मक कक्षा हुने छ । गायिका समेत रहेकी सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले यसपटक कार्यशालामा फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिने छिन् । उनले बिगत सात वर्षदेखि फिल्म मेकअप तथा स्पेशल इफेक्टको क्लास लिँदै आएकी छिन् ।

यो कार्यशालामा सहभागी विधार्थीहरुले तीन वटा बृत्तचित्र र तीन वटा लघू चलचित्र निर्माण गर्ने पनि अध्यक्ष भूपेन्द्र कुमार खड्काले जानकारी गराएक छन् । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग दिने भएका छन् । चचलचित्र विकास बोर्ड सह आयोजक रहेको यो कार्यशालामा विधार्थीहरुले स्थानीय कलामा आधारित लघु चलचित्र निर्माण गर्नेछन् ।

यो कार्यशालाको सहयोगी संस्थामा युवा परिषद तथा सह प्रयोजकमा नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र नेपाल पर्यटन बोर्ड रहेको पनि अध्यक्ष खड्काले जानकारी गराए ।

Leave A Reply

Your email address will not be published.