सुचना, समाचार र मनोरन्जन

‘सुशान्त केसी लाइभ इन नेपाल’को तयारी पुरा, भोली शनिबार सल्लाघारीमा गुञ्जने

भक्तपुर :

गायक सुशान्त केसीले भोली शनिबार भक्तपुरको सल्लाघारीमा कन्सर्ट गर्ने भएका छ। अहिले उक्त कन्सर्टको भव्य तयारी भइरहेको छ। उनी साढे २ वर्षपछि ‘सुशान्त केसी लाइभ इन नेपाल’ मार्फत उपत्यकामा गुञ्जिँदैछन्।

नेपालमै पहिलोपटक कन्सर्टको स्टेज कलाकारले प्रस्तुती दिने क्रममा र्याम्प जनरल प्लाटफर्मसम्म पुग्ने गरि डिजाइन गरिएको आयोजकले जनाएको छ। उनको कन्सर्टमा १५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य आयोजक टिमले लिएको छ। कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ। केही दिनअघि गायक केसीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई कन्सर्टमा आउन निम्तो दिएका थिए।

आफ्नो लागि काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष भएकाले उत्साहित रहेको सुशान्तले बताएका छन्। शनिबार आयोजना हुने कन्सर्टमा सुशान्तले बार्दली, सारंगी, साथी र आमा लगायतका दर्जनबढि गीत दर्शक तथा श्रोतामाझ प्रस्तुत गर्ने तयारीमा छन्। सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक गीत सुन्न पाउनेछन्। एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने कन्सर्टलाई भव्य अनि सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने टिमले बताउँदै आएको छ।

Leave A Reply

Your email address will not be published.