Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छः मन्त्री पोखरेल
- राजेन्द्र खड्की र पुजना प्रधान स्टारर ‘हवन’ को छायांकन सम्पन्न, समाजको कालो पाटो खोतल्ने
- पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
- महेश त्रिपाठी र अन्जना बराइली स्टारर ‘आशा’ को सुटिङ सुरु, राजिव गुरुङको निर्देशन
- ‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी
- ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट
- सेतीवेनीमा बढ्दै भारतीय पर्यटक
- देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
- सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित
- आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन
कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की
काठमाडौँ,
प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राखेकी छन।
कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्की धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताउनुभयो । कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरु हुन्छन् । परम्परागत मान्यता र रितिथितिहरु हुन्छन् । ती हाम्रा मौलिक संस्कृति हुन् । यी मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ । पशुपतिनाथ संसारभरिका हिन्दूको आस्था जोडिएको ठाउँ हो । यस्तो संस्थामा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो । पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन । दलीय कार्यकर्ताको भर्ती केन्द्र बनाउनुहुँदैन । यहाँ काम गर्ने व्यक्ति धार्मिक नै हुनुपर्छ । धार्मिक संस्थामा बसेर राजनीतिको आस्था बढाउनुपर्दैन । यहाँ धार्मिक आस्था बढाउने कार्य नै गर्नुपर्छ ।”