सुचना, समाचार र मनोरन्जन

क्रिकेटर शर्मालाई अभिनेत्री खड्काको आइफोन उपहार

काठमाडौं :

यतिबेला सामाजिक सञ्जालमा अभिनेत्री स्वस्तिमा खड्काले क्रिकेटर विपिन शर्मालाई आइफोन उपहार दिएको चर्चा छ। नेपाल क्रिकेट लिग (एनपीएल)मा इमर्जिङ प्लेयर अवार्ड जितेका कर्णाली याक्सका क्रिकेटर शर्मालाई अभिनेत्री खड्काले आइफोन उपहार दिएकी थिइन्। यसको चर्चा सामाजिक सञ्जालले भरिएका छन्।

Pach Pandav

उनले क्रिकेटर शर्मालाई उपहार दिनुको पनि कारण छ। स्वस्तिमा कर्णाली याक्सकी प्रवर्धन दूत बनेकी छन्। दुत बनेपछि अभिनेत्री खड्का आफ्नो टीमका हरेक खेलको क्रममा टीयू क्रिकेट ग्राउन्डमा उपस्थित भएर टीमलाई हौसला प्रदान गर्दै आएकी थिइन्। यो क्रममा उनले सबैभन्दा राम्रो खेलेको भन्दै शर्मालाई उपहार स्वरुप आइफोन प्रदान गरेकी हुन्।

यता क्रिकेटर शर्माले पनि सामाजिक संजालबाट क्रिसमस गिफ्टको रुपमा आफूलाई स्वस्तिमाले फोन गिफ्ट दिएको उल्लेख गरेका छन्।
नोटमा स्वस्तिमा लेख्छिन्, ‘एनपीएलमा तिम्रो यो अविश्वसनीय सफलताप्रति बधाई छ । यो फोन तिम्रो कडा परिश्रम र समर्पणको लागि प्रशंसाको सानो प्रतीक हो । यसले तिम्रो जीवन र मैदानमा दुबैतिर अनगिन्ती राम्रो कलहरू ल्याउन सकोस् । तिमीले उत्कृष्ट अवसरहरू पाउन सकोस् भन्ने शुभकामना ।’

शर्माले एनपीएलमा कर्णालीका लागि १३ विकेट लिएका थिए। उनहिरुले खेल हारे पनि स्वस्तिमा उनीहरुको मन भने जिताउन लागि परेकी थिइन्।

Leave A Reply

Your email address will not be published.