
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
पोखरा उपत्यकाका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
गण्डकी,
पोखरा उपत्यकाका ताल–सिमसार क्षेत्रमा चराको सङ्ख्या बढ्दा प्रजाति विविधता घटेको पाइएको छ ।
टाइगर माउन्टेन पोखरा लज र पोखरा पन्छी समाजका तर्फबाट संयुक्त रुपमा गरिएको जलपन्छी गणनाको आज सार्वजनिक गरिएको नतिजाले सन् २०२५ को तथ्याङ्कसँग तुलना गर्दा यस वर्ष कूल चराको जनसङ्ख्या १० दशमलव दुई प्रतिशतले वृद्धि भए पनि चराको प्रजाति विविधता १३ दशमलव दुई प्रतिशतले घटेको पाइएको छ ।
एसियाली जलपन्छी गणना पोखराका क्षेत्रीय संयोजकद्वय झलक चौधरी र मनशान्त घिमिरले विज्ञप्तिमार्फत पोखरा उपत्यकाका ताल तथा सिमसार क्षेत्रमा सन् २०२६ को जनवरी ९ मा सम्पन्न गणनाबाट नतिजा सार्वजनिक गरेका हुन । क्षेत्रगत रूपमा यहाँको रूपमा तालमा प्रजाति सङ्ख्या र चराको जनसङ्ख्या दुवैमा वृद्धि भएको पोखरा पन्छी समाजका अध्यक्ष घिमिरेले जानकारी दिए।
मैदी तालमा पनि प्रजाति सङ्ख्या बढ्नुका साथै चराको सङ्ख्या वृद्धि भएको पाइएको जनाउँदै उनले ती क्षेत्रहरूमा आवास अवस्था अपेक्षाकृत अनुकूल रहेको सङ्केत गरेको बताए । उनका अनुसार दिपाङ, गुन्दे र खास्टेजस्ता क्षेत्रमा चराको प्रजाति तथा जनसङ्ख्यामा उल्लेखनीय गिरावट देखिएको छ । विशेषगरी दिपाङ तालमा चराको जनसङ्ख्या करिब ५९ प्रतिशतले घट्नु संरक्षण दृष्टिले चिन्ताजनक मानिएको छ ।

फेवा ताल अझै पनि सबैभन्दा धेरै चराको बासस्थान बनेको भए पनि यहाँ प्रजाति विविधता घट्दै गएको तथ्याङ्कले दीर्घकालीन संरक्षण, जलाशय व्यवस्थापन र मानवीय गतिविधि नियन्त्रणमा थप ध्यान दिनुपर्ने देखिएको उनले बताए ।
प्रजाति विविधता घट्दै जानु र कूल चराको सङ्ख्या बढ्नुले केही सीमित प्रजाति ठूलो सङ्ख्यामा केन्द्रित भइरहेको अवस्था देखाउने जनाउँदै उनले यसका कारणमा आवासको एकरूपता, जलाशयको अवस्था, मानवीय दबाब तथा मौसमी प्रभाव प्रमुख कारक रहेको बताए।
अध्ययनले दिपाङ, गुन्दे र खास्टे ताल क्षेत्रमा आवास सुधार, नियमित अनुगमन र संरक्षणमुखी कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै घिमिरेले रूपा तालमा अपनाइएका संरक्षण अभ्यासलाई अन्य ताल–सिमसार क्षेत्रमा पनि विस्तार गर्न सकिने बताए ।
पोखरा उपत्यकाका ताल तथा सिमसार क्षेत्र जैविक विविधता र प्रकृति–आधारित पर्यटनका लागि महत्वपूर्ण भएकाले स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच सहकार्य गर्दै दीर्घकालीन संरक्षण रणनीति अपनाउनुपर्ने आवश्यकता रहेको अध्ययनले देखाएको छ ।
Prev Post