सुचना, समाचार र मनोरन्जन

‘टनेल २६’ को रिलिज तत्कालका लागी स्थगित,घाटामा प्रदीप खड्का

काठमाडौं :

नेपाल, भुटान र भारतको संयुक्त सहकार्यमा निर्माण भएको बहुप्रतीक्षित चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ। असोज २३ गते (अक्टोबर ९) देखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई अब विश्वव्यापी रूपमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ।

Chaka Panja

नेपाल र भुटानमा आयोजना गरिएको ग्राण्ड प्रिमियरबाट उत्कृष्ट र उत्साहजनक प्रतिक्रिया पाएपछि चलचित्रलाई दुई देशमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय बजारमा लैजाने निर्णय लिइएको हो। अब यो चलचित्रलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी गरी चार भाषामा विश्वभरका सिनेमाघरहरूमा प्रदर्शन गरिनेछ। आवश्यक प्रक्रिया र प्राविधिक व्यवस्थापन पूरा गरेपछि चलचित्रको नयाँ रिलिज मिति छिट्टै सार्वजनिक गरिनेछ।

डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स र रोलिङ इमेज पिक्चर्सको सहकार्यमा निर्मित यस चलचित्रमा दोर्जी वाङ्चुक, प्रशान्त कुमार गुप्ता, कृष्ण गुप्ता र डीडी किन्लेको निर्माण सहकार्य रहेको छ। चलचित्रका कार्यकारी निर्माता दोर्जी वाङ्चुक, क्रिएटिभ प्रोड्युसर प्रदीप खड्का हुन् भने सिजी ग्रुपका निर्वाण चौधरी पनि यसमा जोडिएका छन्। डीडी किन्लेको लेखन, निर्देशन तथा सम्पादन रहेको यस चलचित्रमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादाको मुख्य भूमिका छ।

चलचित्रमा दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङको छायांकन, राजु तामाङको एक्सन निर्देशन, टेरड्साक जानपानको संगीत र करण थामावोङको ध्वनि रहेको छ। अपेक्षित मितिमा चलचित्र प्रदर्शन हुन नसकेकोमा निर्माण टिमले दर्शक, सञ्चारकर्मी, प्रदर्शक तथा शुभेच्छुकहरूसँग क्षमायाचना गर्दै चलचित्रप्रति देखाइएको माया र विश्वासका लागि आभार व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.