काठमाडौं :
बुबा जे बनेका हुन् छोराछोरी पनि त्यहि बन्ने गरेको धेरै पाइन्छ। केहि वर्ष अघिसम्म बुबा भारतिय आर्मी बनेका छन् भने छोरी पनि बुबाकै पछि लाग्ने गरेका थिए। अहिले पनि नेपालका कतिपय जिल्लामा त्यस्तो घटनाहरु धेरै पाइन्छ।
तर, नृत्यकार तथा कलाकार तारा पुनले भने बुबाको पेशामा नलागेर फरक बाटो रोजेका छन्। बुबा भारतिय आर्मीका क्याप्टेन बनेता पनि तारालाई भने आर्मी बन्ने रहरै लागेन। आफ्नो सानैदेखिको नृत्य र अभिनयमा इच्छा भएको कारण स्थानीय स्तरमा आयोजित हुने विभिन्न प्रतियोगितामा भाग लिएका पुन बाग्लुङकोे पाण्डवखानीका स्थानीय वासिन्दा हुन्। मौलिक नृत्यतर्फ अब्बल रूपमा अघि बढिरहेका पुन सानैदेखि नृत्य भनेपछि हुरुक्कै हुन्थ्ये र अहिले पनि हुन्छन्।
अभिनयको इच्छाका स्थानीय स्तरमा नृत्यमा मात्र आफूलाई सिमित नराखी ताराले अभिनयमा पनि आफूलाई संलग्न गराएका छन्। उनीले वि.स.ं २०६७ मा पाण्डवखानीको मगर समुदायमा आधारित चलचित्र ‘मायाको गाउँ’ मा मुख्य अभिनेताका रुपमा काम गरेपछि उनी निरन्तर यसैमा लागे। उनी देशका विभिन्न ठाउँमा आयोजित हुने मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरूमा एकल साथै आफ्नो समूहका साथ प्रस्तुतिका लागि पुग्ने गर्छन्।
प्रायः मगर ड्रेसमा सजिएर कहरूवा र सालैजोलगायत मौलिक गीतहरूमा प्रसंशनीय शैलीमा नृत्य गर्ने कुशल नृत्यकार पुन विभिन्न गीतको म्युजिक भिडियोमा नृत्य अभिनय गर्नुका साथै पाण्डव खानीको धौलागिरि सांस्कृतिक घरमा नृत्य प्रशिक्षण पनि दिँंदै आएका छन् । पछिल्लो समय नेपाली नृत्य क्षेत्रमा मौलिकता अलीक हराए पनि आफू सधैं मौलिकताकोे निकट रहेर नृत्यसम्बन्धी विभिन्न कार्य गरिरहेकोे उनि बताछन् । तारा आगामी दिनमा यसकै आधारमा रहेर ‘गाउँले जीवन’ नामक भिडियो चलचित्र निर्माणकोे तयारीमा जुटेका छन् । झ्याउरे, सालैजो गीतहरूमा मौलिकता झल्किने विविध कार्य प्रयोग गरिरहेको उनको भनाई छ।
हाम्रो कला संस्कृतिको जर्गेना गर्दै यसलाई आउँदो पुस्तालाई जस्ताको त्यस्तै हस्तान्तरण गर्नुपर्ने दायित्वबोधका साथ आफू काम गरिरहेको उनको जिकिर छ । नृत्यमा लोकप्रियता हासिल गर्दै गर्दा विभिन्न मेला महोत्सवमा उनको माग पनि बढिरहेको छ।