Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- महेश र अञ्जनाको मुख्य भूमिका रहने फिल्म ‘आशा’ को घोषणा, माघ १ गते प्रदर्शन हुने
- महानायक राजेश हमालको राजनीतिक विमर्श: सरकारको सय दिन, परराष्ट्र नीति र युवा आन्दोलनमाथि टिप्पणी
- पप गायक राजु लामाद्वारा युरोपको सर्वोच्च शिखर ‘माउन्ट एल्ब्रस’ को सफल आरोहण
- रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
- ‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
- राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
- प्रधानमन्त्री र मन्त्रीविरुद्ध चुइक्क नबोल्न ओलीको आग्रह
- चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
- राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
सिङ्गा तातोपानीमा स्नान गर्नेको भीड
म्याग्दी,
बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानीका होटल तथा घरबास ‘होमस्टे’ केही दिनयता भरिभराउ भएका छन् । तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरुले त्यहाँका होटल र होमस्टे भरिएका हुन् ।
तातोपानीका होटल व्यवसायी जीवन केसीले दसैँयता होटल र घरबासका कोठा खाली नभएका बताए । “सानाठूला २० भन्दा धेरै होटलका कोठा एक हप्तायता भरिभराउ भएका छन्”, उनले भने, “होमस्टेमा पाहुनाहरुले आफैँ पकाएर खाने र बस्नका लागि घरका कोठा पनि पाउन मुस्किल भएको छ ।”
व्यवसायीका अनुसार तातोपानीमा हाल बास बस्ने पाहुनाको सङ्ख्या दैनिक एक हजार ५०० जनाको हाराहारीमा छ । असोज–कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो । जेठदेखि भदौसम्म तातोपानी सुनसान थियो । चिसो बढेको, विद्यालय र क्याम्पसमा लामो बिदा भएको तथा बाली भित्र्याउने चटारो भइनसकेको हुँदा तातोपानी स्नान गरेर उपचारका लागि आउनेको चाप बढेको छ ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव अम्मरबहादुर खत्रीले स्नान गर्न आउनेहरुको चाप बढेकाले बिहान साढे ५ः०० देखि साँझ ५ः०० बजेसम्म महिला, पुरुषको छवटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “सात सय महिला र चारदेखि पाँच सय पुरुष तातोपानी स्नानका लागि आएका छन्”, उनले भने, “महिला र पुरुषको छुट्टाछुट्टै समूह बनाएर दुई÷दुई घण्टाका दरले स्नान गर्ने व्यवस्था मिलाइएको छ ।”
म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई सङ्कलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ । बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।
बागलुङका सुमन निउरेले चोट लागेपछि खुट्टाको दुखाइ कम गराउन तातोपानीमा स्नानका लागि आएको बताए । तातोपानी सङ्कलन गरिएको तलाउमा १० दिन स्नान गर्न प्रतिव्यक्ति रु ३५० शूल्क तिर्नुपर्छ । प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ ।
गत वर्ष नेपालका ६६ जिल्लाका साथै कोरिया, पोल्याड, युक्रेन, स्कटल्यान्ड, रसिया, जापान र भारतका २० हजार ३४७ जना तातोपानी कुण्डमा स्नानका लागि आएका थिए । समितिका कर्मचारी रेशम कार्कीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा १९ हजार ४०३ र २०७९÷८० मा १८ हजार जनाले स्नान गरेका थिए ।
Prev Post